उपत्यकका तीन जिल्ला प्रशासन कार्यालयद्वारा आजदेखि अत्यावश्यकबाहेकका सेवा बन्द-Sutra News

उपत्यकका तीन जिल्ला प्रशासन कार्यालयद्वारा आजदेखि अत्यावश्यकबाहेकका सेवा बन्द

आइतबार, २५ साउन २०७७

आइतबार, २५ साउन २०७७

काठमाडौं–कोरोना भाइरस संक्रमण बढ्दै गएकापछि यसको नियन्त्रण गर्ने उद्देश्यले काठमाडौंसहित उपत्यकका तीन जिल्ला प्रशासन कार्यालयले आजदेखि १६ दिनसम्मका लागि अत्यावश्यकबाहेक अन्य सेवा बन्द गराएका छन्।



काठमाडौं, ललितपुर र भक्तपुरका कोरोना संकट व्यवस्थापन जिल्ला समितिको शुक्रबार बसेको संयुक्त बैठकले अत्यावश्यकबाहेक अन्य सेवा बन्द गर्ने निर्णय गरेको थियो ।

सोही अनुसार आजदेखि आगामी भदौ ८ गते सम्मका लागि नयाँ नेपाली नागरिकता वितरण, नागरिकता प्रतिलिपि वितरण, हातहतियार दर्ता नवीरकण, संस्था/पत्रपत्रिका दर्ता तथा नवीरकण सेवा बन्द गरिएको छ।

त्यसैगरी निजी सुरक्षा कम्पनी नवीकरण, राहदानी वितरण, नाबालिग परिचयपत्र वितरणलगायत अत्यावश्यक नभएका अन्य सेवा बन्द गरिएको छ ।  

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट