१३ बुँदे लिखित सम्झौतापछि अभियन्ता ईः ले तोडे अनशन-Sutra News

१३ बुँदे लिखित सम्झौतापछि अभियन्ता ईः ले तोडे अनशन

आइतबार, २५ साउन २०७७

आइतबार, २५ साउन २०७७

काठमाडौं–कोरोना भाइरसको नियन्त्रणमा सरकारले प्रभावकारी भूमिका निभाउनुपर्ने माग गर्दै अनशन बसेका अभियन्ता ईः को अनशन तोडिएको छ। ‘इनफ इज इनफ’ अभियानका अभियन्ता ईःले अनशन बसेको २३ औं दिनमा अनशन तोडिएको हो।



मण्डिखटारस्थित ह्याम्स अस्पतालमा उपचाररत रहेका ईःसहित ‘इनफ इज इनफ’ अभियानका प्रतिनिधिसँग नेपाल सरकारकोतर्फबाट स्वास्थ्य मन्त्रालयले समझौता गरेपछि अनशन तोडिएको हो। आइतबार बिहान उनीहरूबीच १३ बुँदे सम्झौता भएको छ। सम्झौतापत्रमा ‘इनफ इज इनफ’ले राखेको कोभिड–१९ को संक्रमण पत्ता लगाउन प्रयोगशालामा आरटिपिसिआर विधिबाट परिक्षण गरिनुपर्ने लगायतका मागमा हस्ताक्षर भएको छ।

सरकार समक्ष कोरोना भाइरसको नियन्त्रणमा प्रभावकारी भूमिकाको माग गर्दै दोस्रो पटक अनशन बसेका उनीको स्वास्थ्य नाजुक भएपछि १७ औं दिनमा अस्पताल भर्ना भएका थिए । यसअघि ईः र पुकार बम अनशन बसेका थिए । अनशनको १२ औं दिनमा गत असार २२ गते दुईपक्षबीच १२ बुँदे सम्झौता भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट