नेपाल बैंकको वित्तीय नाफामा ‘लकडाउन’को प्रभाव-Sutra News

नेपाल बैंकको वित्तीय नाफामा ‘लकडाउन’को प्रभाव

आइतबार, २५ साउन २०७७

आइतबार, २५ साउन २०७७

काठमाडौं–नेपाल बैंकले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासको रिर्पोट सार्वजनिक गरेको छ।



बैंकको वित्तीय विवरणमा कोरोनाको असर देखिएको छ। आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्म आइपुग्दा बैंकको खुद नाफा रु २ अर्ब ५५ करोड ६४ लाख ३९ हजार छ। यो गत वर्षको भन्दा १.५५ प्रतिशतले कम हो।

गत वर्ष बैंकले रु २ अर्ब ६९ करोड ६७ लाख ३६ हजार नाफा कमाएको थियो। यस्तै, बैंकको खुद व्याज आम्दानी र सञ्चालन नाफा र पनिगत वर्षको यतै अवधिको भन्दा ९.२१ प्रतिशत र २०.९२ प्रतिशतले घटेको छ ।

गत वर्षको यसै त्रैमासिकसम्म रु ६ अर्ब १८ करोड ९५ लाख ४२ हजार रहेको बैंकको खुद व्याजआम्दानी यो वर्ष घटेर रु ५ अर्ब ६१ करोड ८९ लाख ४७ हजार सिमित भएको छ । गत वर्षको यसै अवधिमा ४ अर्ब ५१ करोड ४७ हजार रुपैयाँ रहेको बैंकको सञ्चालन नाफा यो वर्ष घटेर रु ३ अर्ब ५६ करोड ६४ लाख ३२ हजारमा सिमितद भएको छ।

बैंकको आर्थिक वर्षको अन्तिम त्रैमाससम्ममा रु ११ अर्ब २८ करोड २८ लाख २० हजार चुक्ता पुँजी रहेको छ भने जगेडा कोषमा रु १२ अर्ब ९८ करोड ५४ लाख ३५ हजार रहेको छ। बैंकले यही त्रैमाससम्म रु १ खर्ब ४२ अर्ब ११ करोड ४८ लाख ८४ हजार निक्षेप संकलन गरेर रु १ खर्ब ४ अर्ब ५८ करोड ८२ लाख ४२ कर्जा लगानी गरेको छ । बैंकको ‘रिटेन्ड अर्निङ’ रु ५१ करोड ५० लाख ७१ हजार रहेको छ ।

यो त्रैमाससम्म बैंकको प्रति सेयर आम्दानी २२ रुपैयाँ ६६ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २६७ रुपैयाँ ५० पैसा रहेको नेपाप बैंकले बताएको छ। यता स्प्रेड दर ३.७० प्रतिशत कायम गरेको बैंकको आधार ब्याजदर ६.९९ प्रतिशत छ ।

बैंकको कष्ट अफ फण्ड ४.१९ प्रतिशत रहँदा खराब कर्जा २.५९ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट