महामारीपछिको विश्वव्यवस्था र नेपालले खेल्नुपर्ने भूमिका-Sutra News

महामारीपछिको विश्वव्यवस्था र नेपालले खेल्नुपर्ने भूमिका

आइतबार, २५ साउन २०७७

आइतबार, २५ साउन २०७७

चीनमा आएर यहाँको समाजसँग केही समय घुलमिल गरेपछि मैले थाहा पाएँ, नेपालबारे चिनियाँहरुको बुझाई अत्यन्त सकरात्मक रहेछ। चीनका सत्तरी भन्दा बढी सहर एबम् दर्जनौं ग्रामिण बस्तीहरुको भ्रमण एबम् विभिन्न तह र तप्काका चिनियाँहरुसँगको भेटघाटमा मैले नेपालप्रति चिनियाँहरु अत्यन्त सौहार्द, सकरात्मक र जानकार रहेको पाएँ ।



नेपालको भूराजनीतिक एबम् भूरणनीतिक अवस्थितिको कारणले पनि विश्वको उदाउँदो शक्ति राष्ट्र चीनका विद्वत वर्गको चासो रहने नै भयो । नेपाल त्यति ठूलो अर्थतन्त्र नभएपनि नेपालसँगको व्यापार एबम् आर्थिक घनिष्टता थप बढोस् र दुबै देशले लाभ लिन सकुन् भन्ने शुभेच्छा चिनियाँ व्यापारीहरुले राखेको पाइन्छ ।

अब हामी ‘नेपाल सानो छ’ भन्ने मानसिकताबाट मुक्त हुनु पर्छ । भूगोल र जनसंख्या दुबै सन्दर्भबाट पनि नेपाल विश्व मानचित्रमा सानो मुलुक होइन । विश्वको राजनीतिक दृष्टिकोणवाट हेर्दा २०४६ साल अगाडि नेपाल जति बलियो अवस्थामा थियो, त्यसयता हाम्रो आन्तरिक अस्थिरताको कारणले विश्व सन्दर्भमा उपस्थिति निकै कमजोर हुँदै गयो । अहिले नयाँ सन्दर्भमा झन् नेपालले शक्ति राष्ट्रहरुबीच सन्तुलन कायम गर्न प्रभावकारी सिद्धान्त र आधारहरु प्रतिपादन गर्न सकेको छैन । नेपालले आर्थिक शक्ति बढाई सवल राजनीतिक नेतृत्वसँगै विश्व राजनीतिमा आफ्नो सवल उपस्थिति र सशक्त आवाज प्रदर्शन गर्न निकै मिहिनेत गर्नुपर्ने देखिन्छ । यदि नेपाली नेतृत्वमा त्यो किसिमको ईच्छाशक्ति भयो भने भूराजनीतिक अवस्थितिको कारणले पनि क्षेत्रीय एबम् विश्व राजनीतिमा नेपालले आफ्नो उपस्थिति बलियो बनाउन सक्छ ।

trump and xi.jpg

नेपालको भूमिका
नेपालले कूटनीतिक रुपमा असंलग्नता र पञ्चशीलको सिद्धान्तलाई आधार मानेर सबै मुलुकसँग सौहाद्र्ध एबम् मैत्रिपूर्ण सम्बन्ध कायम गर्दै आएको छ । यो एक किसिमले सकरात्मक छ । दोस्रो विश्वयुद्ध पश्चात् निर्माण भएको विश्व प्रणाली एबम् संरचना अहिले पनि कायमै छ । यसभित्रको एक जिम्मेवार सदस्यको नाताले नेपालले आफ्नो भूमिका सकरात्मक किसिमले निभाउँदै आएको साँचो हो ।

तर, अब नेपालले यो सौहार्द सम्बन्धबाट कसरी अधिकतम लाभ लिन सक्छ र आफ्नो उपस्थिति एबम् सक्रियतालाई विश्व समुदायमाझ प्रस्तुत गर्न सक्छ भन्ने प्रश्न महत्वपूर्ण छ । आन्तरिकरुपमा सबल बन्दै नेपालले अब कूटनीतिमा यथास्थितिको भासबाट माथि उठ्न सक्नु पर्छ । अब ‘रियालिष्ट एप्रोच’ नै चाहिन्छ । विश्वकै पुरानो सभ्यताको मुलुक नेपालले नयाँ विकसित टकरावको अवस्थामा नयाँ एबम् ठोस सन्देश दिन सक्नुपर्छ ।

‘बिआरआई’ मार्फत् सहकार्य हुँदा नेपालले आफ्नो आवश्यकता र चाहना अनुसार चीनसहित विश्व समुदायसँग सहकार्य गरेर लाभ लिन सक्छ । ‘बिआरआई’ को प्लेटफर्मलाई नेपालले भरपुर उपयोग गर्न सकोस् भन्ने चीनको पनि चाहना छ । यो स्थितिमा वर्तमान सरकारको ‘सम्बृद्ध नेपाल’ को सपनालाई साकार तुल्याउन वाह्य लगानी, नयाँ प्रविधि र ज्ञान एबम् सीप भित्र्याउनुको विकल्प छैन । यसका लागि ‘बिआरआई’ जस्तो फोरमको नेपालले भरपुर उपयोग गर्न सक्नुपर्छ ।

अब नेपालले यो सौहार्द सम्बन्धबाट कसरी अधिकतम लाभ लिन सक्छ र आफ्नो उपस्थिति एबम् सक्रियतालाई विश्व समुदायमाझ प्रस्तुत गर्न सक्छ भन्ने प्रश्न महत्वपूर्ण छ । आन्तरिकरुपमा सबल बन्दै नेपालले अब कूटनीतिमा यथास्थितिको भासबाट माथि उठ्न सक्नु पर्छ । अब ‘रियालिष्ट एप्रोच’ नै चाहिन्छ ।

तर, कसरी उपयोग गर्ने भन्ने कुरा चीनले भन्ने वा थोपर्ने कुरा होइन । नेपालले नै यसमा गहन अध्यन गरेर स्पष्टताका साथ अघि बढ्नु पर्छ । जहाँसम्म अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पाेरेसन’ (एमसिसी) कुरा हो, त्यसमा नेपालले आफ्नो राष्ट्रिय स्वार्थ अनुसार निर्णय गरोस् भन्ने चाहना चिनियाँहरुमा रहेको बुझिन्छ ।

नेपाल–भारतबीचका विवाद एवं मुद्दाहरु दुबै देशहरुबीच सकरात्मक संवाद र वार्तामार्फत् समाधान होस् भन्ने चाहनापनि चिनियाँहरुमा छ । विभिन्न अवसरमा चिनियाँ विदेश मन्त्रालयले यो कुरा प्रष्ट पारिसकेको पनि छ । माओदेखि सी चिनफिङसम्म आउँदापनि चीनले नेपाल र भारतबीच सुमधुर सम्बन्ध विकास होस् भन्ने चाहेको स्पष्ट देखिन्छ ।

चीनले दुई देशबीच देखापर्ने कुनैपनि समस्या तत्कालै सम्बोधन गर्न आफू जुनसुकै बेला तयार रहेको बताउँदै आएको छ । गत अक्टोवरमा भएको चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण र उनले व्यक्त गरेको विचारबाट पनि चीन नेपालको दीर्घकालीन हितका लागि नेपालको चाहना अनुसार सहयोग गर्न तयार छ भन्ने प्रस्ट हुन्छ । नेपाल–चीन सम्बन्ध दुई पुराना मुलुकहरुको ऐतिहासिक सम्बन्ध र वर्तमानको आवस्यकता अनुसार थप मैत्रीपूर्ण ढंगले अगाडि बढोस् भन्ने चिनियाँ चाहना छ ।

त्रसित अमेरिका
आर्थिक, राजनीतिक, सामरिक, सभ्यता, प्रविधि लगायतका क्षेत्रमा चीन बलियोसँग प्रस्तुत हुन थालेपछि चीनसँग अमेरिका अलिक बढी त्रसित हुन पुगेको छ । चीन भने अमेरिकी रणनीति र चिन्ताप्रति एकदमै प्रष्ट छ, त्यसकारण विचलित छैन । चीनले अमेरिकी जस्तो एकल विश्व वा प्रभुत्ववादी धारको पक्षमा होईन, विधि र पद्दतिमा आधारित बहुधु्रवीय विश्वको पक्षमा रहेको स्पष्ट पारेको छ । राजनीतिक रुपमा बहुधु्रवीय, क्रियात्मक रुपमा बहुआयामिक र सैद्धान्तिक रुपमा बहुलतावादमा आधारित विश्व व्यवस्थाको पक्षमा चीन देखिन्छ । त्यस कारण भोलि विश्वको पहिलो शक्ति बन्ने स्थितिमा रहेको चीनले अहिलेको अमेरिका जसरी प्रभुत्ववादमा आधारित होइन, सबैलाई मान्य हुने विधि र पद्दतिभित्र बसेर सहकार्यमार्फत साझा चुनौतिहरुलाई सम्बोधन गर्दै अगाडि बढ्न खोजेको देखिन्छ ।

आफू भन्दा बैचारिक, राजनीतिक एवं आर्थिकरुपमा भिन्न र निकै पुरानो सभ्यता भएको चीनको उदय अमेरिकी प्रशासन, राजनीतिक नेतृत्व र बृहत बौद्धिक तप्काका लागि निकै टाउको दुखाई बन्न पुगेको कुरा फरिद जाकारिया, किशोर महबुवानीहरुजस्ता ‘ग्लोवलिष्ट’ हरुले समेत बताउँदै आएका छन् ।

त्यसकारण, अमेरिकीहरु अहिले आन्तरिक राजनीतिका अन्य विभिन्न विषयमा विभाजित भएपनि चीनलाई जसरी पनि रोक्ने भन्ने कुरामा चाहिँ एकमत छन् । चीनको उदयलाई अमेरिकी प्रशासन र बौद्धिक तप्काले हिजोको सोभियत युनियनजस्तो होईन कि, निकै सवल, परिपक्व, चलाख र रणनीतिक रुपमा अव्बल स्वीकार गरेको छ ।

कोभिड–१९ को सन्दर्भमा विश्वव्यापी सहयोग र योगदानको हिसावले चीन नै अग्रपङ्तीमा छ । नेपाल लगायत कोरोना प्रभावित विश्वका धेरै मुलुकहरुलाई चीनले सहयोग पुर्याएको छ । महामारीबीच अमेरिका विश्व स्वास्थ्य संगठनबाट पछि हट्दा चीनले नै सहयोगको हात अघि बढाएको हो ।

चीनले पटक–पटक वर्तमान विश्व व्यवस्थालाई थप उदार बनाउन योगदान गर्ने बताउँदा–बताउँदैपनि अमेरिकी प्रशासन चिनियाँ गतिलाई रोक्ने मात्रै होईन, शासन–सत्ता परिवर्तनसम्मको योजनामा लागिसकेको छ । त्यसकारण विल्कुलै फरक ढंगको ‘नयाँ शीतयुद्ध’ को तयारी अमेरिकी प्रशासनले गरिसकेको छ ।

चिनियाँ पक्षले भने नयाँ शीतयुद्ध होइन, थप गहन सहकार्यमा लाग्नुपर्नेमा सबैलाई सचेत गराउदै आएको छ । स्पष्टरुपमा भन्नुपर्दा, अमेरिका र चीनबीच बृहत युद्धको सम्भावना त छैन । तर प्रतिद्वन्द्विता भने पहिले भन्दा बढ्ने देखिन्छ । यकिो असर सर्वत्र देखिनेछ । त्यो स्थितिमा नेपाल जस्ता मुलुकहरुलाई पनि नयाँ सन्तुलन कायम गर्न हम्मेहम्मे पर्ने स्थिति आउन सक्छ ।

के कुरा साँचो हो भने, अमेरिकी नेतृत्व, नीति–निर्माता एबम् प्राज्ञिक जगतमा चीनको गतिलाई रोक्ने भन्नेमा एकमत त छ । तर, कसरी रोक्ने र त्यसको रणनीति, तरिका, योजना एवं शैली कस्तो हुने भन्नेमा चाहिँ निकै अन्योल र द्विविधा छ ।

जे जति विश्व गतिविधिहरु विगतमा भए र अब हुनेछन्, विश्व राजनीतिमा तिनको व्याख्या–विश्लेषण गरिँदा ‘कोभिड–१९ अगाडि’ र कोभिड–१९ पछाडि’ भनेर हुनेछ । कोभिड–१९ को असर अझै जारी छ र अझै के हुने हो भन्ने आँकलन स्वयं मेडिकल वैज्ञानिकहरुले पनि गर्न सकिरहेका छैनन् ।

यो महामारीले स्वास्थ्यमात्र नभएर हरेक क्षेत्रमा व्यापक असर पुर्याएको छ । महाशक्ति अमेरिका मानवीय क्षतिको हिसावले पहिलो नम्वरमै छ । चीन महामारी विरुद्धको पहिलो लडाई जितेर आईपरेमा दोस्रो आक्रमण रोक्ने र कसरी चाँडै तङ्ग्रिने भन्ने योजनामा छ ।

कोभिड–१९ को सन्दर्भमा विश्वव्यापी सहयोग र योगदानको हिसावले चीन नै अग्रपक्तिमा छ । नेपाल लगायत कोरोना प्रभावित विश्वका धेरै मुलुकहरुलाई चीनले सहयोग पुर्याएको छ । महामारीबीच अमेरिका विश्व स्वास्थ्य संगठनबाट पछि हट्दा चीनले नै सहयोगको हात अघि बढाएको हो ।

कोभिड–१९ पछिको विश्व विभिन्न हिसावले निकै भिन्न हुने देखिन्छ । यो महामारीले हाम्रा दृष्टिकोण, योजना, गतिविधि, संरचना, व्यवस्था र पद्दतिमा व्यापक परिवर्तनको आवश्यकता रहेको स्पष्ट रुपमा सिकाएको छ।

विश्वमा झन बढी सहकार्य, एकता र सहयोगको खाँचो देखिएको छ । विभाजित भएर होइन, विधि र पद्दतिमा आधारित सहकार्य र एकताबाट मात्र विश्वका साझा चुनौति र समस्याहरु हल गर्न सकिन्छ भन्ने पनि महामारीले स्पष्टसँग शिक्षा दिएको छ ।

(यो आलेख चीनको सिचुवान प्रान्तस्थित लसान नर्मल विश्वविद्यालयका सह–प्राध्यापक एबम् सेन्टर फर ट्रान्स हिमालय स्टिडिजका सिनियर रिसर्च फेलो डा. शर्मासँग गरिएको कुराकानीमा आधारित रहेर तयार पारिएको हो)

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट