आइतबार सेयर बजारमा सामान्य सुधार-Sutra News

आइतबार सेयर बजारमा सामान्य सुधार

आइतबार, २५ साउन २०७७

आइतबार, २५ साउन २०७७

काठमाडौं- सेयर बजारमा आज ११.३० अंकले बढेर १३९२.६८ बिन्दुमा पुगेको छ। अघिल्ला दिनहरुमा सेयर बजार सामान्य घटेको थियो।



सेयर बजार घटबढ हुनु बजारको प्रवृत्ति हो। बजारमा आज रु ९१ करोड १६ लाख ४० हजार ७४० को कारोबार भएको छ भने ३० लाख ३० हजार ३३१ कित्ता सेयर किनबेच भएको छ।

होटलबाहेक सबै समूहको कारोबार रकममा सामान्य वृद्धि भएको छ। यसमध्ये सबैभन्दा धेरै निर्जीवन बिमा कम्पनीहरुले १.६४ प्रतिशतले कमाएका छन्। यता अजोड इन्सुरेन्स र साधना लघुवित्त वित्तीय संस्थाको सेयर लगभग १० प्रतिशले बढेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट