काठमाडौं- काठमाडौंको चन्द्रागिरी-५ दाउराडिपोबाट एक जना एक किलो बढी चरेससहित पक्राउ परेका छन्। उनलाई महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले शनिबार पक्राउ गरेको थियो।
पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका-७ का ४२ वर्षीय देवेन्द्र थापा मगर रहेको प्रहरीले जनाएको छ। निजको कोठाबाट लागुऔषध चरेश १ किलो १६० ग्राम, चरेस प्याकिङ गर्ने कागज तथा तराजु बरामद गरिएको छ।