बैंकका कर्मचारीलाई आलोपालो गरी काम गराउन राष्ट्र बैंकको निर्देशन-Sutra News

बैंकका कर्मचारीलाई आलोपालो गरी काम गराउन राष्ट्र बैंकको निर्देशन

आइतबार, २५ साउन २०७७

आइतबार, २५ साउन २०७७

काठमाडौं- बैंक तथा वित्तीय संस्थाको कर्मचारीलाई आवश्यकताअनुसार आलोपालो गरी कार्यलयमा काम गराउन नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ।



कोरोना भाइरस माहामारीको जोखिम बढ्दै गएको र नेपाल सरकारले देशका विभिन्न स्थानहरुमा लागू गरेको बन्दाबन्दी तथा सवारी साधनको आवागमनमा जोर-विजोर प्रणाली लागू गरेका कारण राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई यस्तो निर्देशन दिएको हो।

नेपाल सरकारले देशका विभिन्न स्थानमा गरेको बन्दाबन्दी, निषेधाज्ञा, सवारी साधनको आवागमनमा जोर-विजोर प्रणाली लागू गरेपछि राष्ट्र बैंकले बैंकहरुलाई ‘वर्क फ्रम होम’ व्यवस्था मिलाई कार्य सम्पादन गर्नसमेत भनेको छ।

प्रादेशिक शाखाहरु न्यूनतम कर्मचारीबाट सेवा सञ्चालन गर्ने वा वैकल्पिकरुपमा सञ्चालन गर्न सकिने शाखा पनि आलोपालो सञ्चालन गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ।

साथै, बैंक तथा वित्तीय संस्थाहरुलाई सरकारले जारी गरेको स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरेर बैंकिङ सेवा प्रवाहलाई निरन्तरता दिन सुझाएको छ। त्यस्तै विद्युतीय माध्यमबाट हुने कारोबारलाई प्रोत्साहन गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ।

press bank.png

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट