अन्तिम त्रैमासमा वित्तीय संस्थाहरुको नाफा बढ्यो-Sutra News

अन्तिम त्रैमासमा वित्तीय संस्थाहरुको नाफा बढ्यो

आइतबार, २५ साउन २०७७

आइतबार, २५ साउन २०७७

काठमाडौं- लघुवित्त वित्तीय संस्थाहरुले आर्थिक वर्ष २०७६-७७ को अन्तिम त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन्। हालसम्म आधा दर्जन वित्तीय संस्थाहरुले विवरण सार्वजनिक गरेका हुन्।



साधना लघुवित्तले अन्तिम त्रैमासको विवरण सार्वजनिक गरेको छ। कम्पनीको खुद नाफा यस त्रैमाससम्म रु ४ करोड २ लाख ८७ हजार रहेको छ। यो अघिल्लो वर्षभन्दा १५१.१६ प्रतिशतले धेरै हो। गतवर्ष कम्पनीले रु १ करोड ६० लाख ४० हजार नाफा कमाएको थियो।

त्यस्तै स्पर्स लघुवित्तले पनि त्रैमाससम्म नाफा बढाउन सफल भएको छ। गतवर्ष १ करोड ५६ लाख १३ हजार रुपैयाँ रहेको कम्पनीको नाफा यस त्रैमाससम्म ८५.५७ प्रतिशतले बढाएर २ करोड ८८ लाख १७ हजार रुपैयाँ पुर्‍याउन सफल भएको छ।

घरेलु लघुवित्तले पनि यस त्रेमाससम्म ६ लाख ६७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। कम्पनी गतवर्षको यसै अवधिमा २१ लाख ४५ हजार रुपैयाँ घाटामा रहेको थियो।

त्यस्तै आरएसडिसी लघुवित्तको ६ करोड ४१ लाख ६७ हजार रहेको कम्पनीको नाफा यस त्रैमाससम्म २२.९४ प्रतिशतले बढेर ७ करोड ८८ लाख ८७ हजार रुपैयाँ पुगेको छ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा सपोर्ट लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार आएको छ। यस अवधिमा कम्पनीको खुद नाफा १५३.४९ प्रतिशतले बढेर रु १ करोड ३८ लाख १३ हजार पुगेको छ। अघिल्लो वर्ष यस कम्पनीले रु ५४ लाख ४९ हजार मात्रै नाफा कमाएको थियो। 

आशा लघुवित्तले पनि नाफा बढाउन सफल भएको छ। यस कम्पनीको नाफा अघिल्लो वर्षभन्दा ३.७४ प्रतिशतले बढेर रु १६ करोड ४५ लाख २८ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष कम्पनीको नाफा रु ३ करोड ९५ लाख ८५ करोड रहेको थियो।

आरएमडीसी लघुवित्तको खुद नाफा रु २८ करोड ५१ लाख रुपैयाँ रहेको छ। यो नाफा अघिल्लो वर्षको भन्दा १३.३८ प्रतिशतले थोरै हो। अघिल्लो वर्ष कम्पनीले रु ३२ करोड ९२ लाख नाफा कमाएको थियो।

आरएसडीसी लघुवित्तबाहेक अन्य कम्पनीहरुको खुद व्याज आम्दानी र सञ्चालन नाफा पनि बढेको छ। कम्पनीहरुको नाफामा कोरोनाको असर खासै परेको देखिन्न।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट