छ लाख बढीले गराए कोरोना बीमा-Sutra News

छ लाख बढीले गराए कोरोना बीमा

आइतबार, २५ साउन २०७७

आइतबार, २५ साउन २०७७

काठमाडौं- नेपालमा कोभिड–१९ को संक्रमण बढेसँगै नेपाल सरकारले सुरु गरेकको ‘कोरोना स्वस्थ्य बीमा’ गराउने व्यक्तिहरुको संख्या बढेको छ। हालसम्म २० वटा निर्जीवन बीमा कम्पनीमार्फत् ६ लाख २८ हजार २८६ जनाले कोरोना बीमा गरेका छन्।



कोरोना जोखिम बढ्दो अवस्थामा रहेका बेला कम खर्चमा बीमा गरेर जोखिम सुरक्षित गर्न सकिने भएकाले पनि यसप्रति मानिसको आकर्षण बढेको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताएका छन्।

यस अवधिमा कोरोना बीमामार्फत् रु ३५ करोड ३६ लाख ९३  हजार १६२ हजार प्रिमियम संकलन भइसकेको पनि उनले जानकारी दिए। हालसम्म बीमा कम्पनीले एक जनाको मात्र दाबी भुक्तानी गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट