एक साताका लागि धनगढी ‘लकडाउन’-Sutra News

एक साताका लागि धनगढी ‘लकडाउन’

सोमबार, २६ साउन २०७७

सोमबार, २६ साउन २०७७

लहान–सिरहाको धनगढीमाई नगरपालिकाले कोरोना संक्रमणको जोखिम बढेको भन्दै एक साताका लागि नगरक्षेत्रमा लकडाउन जारी गरेको छ। छिमेकी गोलबजार नगरपालिकामा कोरोना संक्रमित युवकको मृत्यु भएको र लहान नगरपालिकामा पनि तीव्र रुपमा संक्रमित बढ्न थालेपछि धनगढीमाई नगरपालिकाले आजदेखि यही साउन ३२ गतेसम्म लकडाउन गरेको हो।



भीडभाड हुने हाटबजार क्षेत्र पसल, होटल र जनसम्पर्क अधिक हुने निजी सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीमा समेत संक्रमण देखिएकाले समुदायस्तरमा फैलिन सक्ने सम्भावनालाई मध्यनजर गरी संक्रमण फैलिन नदिन लकडाउन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईले जानकारी दिए।

लकडाउनको अवधिभर अत्यावश्यक सेवाबाहेक हाटबजार क्षेत्र पसल, होटल र निजी सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था बन्द रहने उहाँले बताउनुभयो। कोरोना संक्रमण समुदायस्तरमा फैलिन सक्ने जनाउँदै लहान, गोलबजार , मिर्चैया र सिरहा नगरपालिकाले यसअघि नै यही साउन ३२ सम्म लकडाउन जारी गरिसकेको छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट