सुनको मूल्य पुनः घट्यो-Sutra News

सुनको मूल्य पुनः घट्यो

सोमबार, २६ साउन २०७७

सोमबार, २६ साउन २०७७

काठमाडौं–सुनको मूल्य घटेको छ। आइतबारदेखि घटेको सुनको मूल्य आज सोमबार पनि घटेको हो। सोमबार छापावाला सुन प्रतितोला २ सयले रुपैयाँले घटेर १ लाख २ हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।



तेजावी सुनको मूल्य पनि २ सय रुपैयाँले घटेर रु १ लाख १ हजार ९ सय कायम भएको छ। यसैगरी चाँदीको मूल्य पनि घटेको छ। सोमबार चाँदी रु १ हजार ३ सय ९५ मा कारोबार भइरहेको छ। अघिल्लो दिन १ हजार ४ सय १० रुपैयाँमा थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट