सिद्धार्थ बैंकको नाफा ७.३० प्रतिशतले घट्यो-Sutra News

सिद्धार्थ बैंकको नाफा ७.३० प्रतिशतले घट्यो

सोमबार, २६ साउन २०७७

सोमबार, २६ साउन २०७७

काठमाडौं–सिद्धार्थ बैंकले गत आर्थिक वर्षको चौंथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले असार मसान्तसम्म रु २ अर्ब ९ करोड २७ लाख ७१ हजार खुद नाफा कमाएको छ। बैंकको नाफा अघिल्लो वर्षकोभन्दा ७.३० प्रतिशतले घटेको हो।



अघिल्लो वर्ष सिद्धार्थले नाफा रु२ अर्ब २५ करोड ६७ लाख ८८ हजार नाफा कमाएको थियो। यस त्रैमासमा बैंकको खुद ब्याज आम्दानी १९.७२ प्रतिशतले बढेको छ। गत वर्षको यसै त्रैमासमा रु ४ अर्ब ६६ करोड ७३ लाख २८ हजार रहेको बैंकको आम्दानी ५ अर्ब ९८ करोड ७९ लाख १० हजार रुपैयाँ बनाउन सफल भएको हो।

यता बैंकको सञ्चालन नाफा भने ६.६४ प्रतिशतले घटेर रु ३ अर्ब ६ करोड ५६ लाख ४२ हजार पुगेको छ। अघिल्लो वर्ष बैंकको सञ्चालन नाफा रु ३ अर्ब २८ करोड ३७ लाख ४ हजार थियो। बैंकको यस त्रैमाससम्मको चुक्ता पूँजी रु ९ अर्ब ७८ करोड ७७ लाख ६७ हजार छ भने जगेडा कोषमा रु ५ अर्ब २४ करोड ३३ लाख ६४ रहेको बैंकको वित्तीय विवरणमा सार्वजनिक गरिएको छ ।

बैंकले चौंथो त्रैमाससम्म रु १ खर्ब ३९ अर्ब ६० करोड ९४ लाख ९८ हजार निक्षेप संकलन गरेको छ भने रु १ खर्ब २३ अर्ब ४४ करोड ८० लाख ९० हजार कर्जा लगानी गरेको छ। बैंकको वितरण योग्य नाफा रु ८६ करोड ६४लाख ८५ हजार रहेको छ। यस्तै कष्ट अफ फन्ड ६.५९ प्रतिशत र बेसरेट ९.०३ प्रतिशत रहेको छ। बैंकको यस त्रैमाससम्म प्रतिसेयर आम्दानी २१ रुपैयाँ ३८ पैसा रहेको छ। यो गत वर्षको भन्दा ५ रुपैयाँ २१ पैसाले थोरै हो।

बैंकको अघिल्लो वर्षको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ६९ पैसा थियो। यता बैंकको प्रतिसेयर नेटवर्थ पनि ६ रुपैयाँ ५५ पैसाले घटेर १६३ रुपैयाँ २२ पैसामा झरेको छ। अघिल्लो वर्ष बैंकको नेटवर्थ १६९ रुपैयाँ ७७ पैसा थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट