इन्जिनियर साह रङ्गेहात पक्राउ-Sutra News

इन्जिनियर साह रङ्गेहात पक्राउ

सोमबार, २६ साउन २०७७

सोमबार, २६ साउन २०७७

काठमाडौं–नेपाल खानेपानी संस्थान बुटवलका प्रमुख इन्जिनियर रंगेहात सन्तोष साह घुस रकमसहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले निजलाई रु दुई लाख ३३ हजार ५०० नगद र बैंकमा जम्मा गरेको रु आठ लाख २२ हजारको भौचरसहित आइतबार अपराह्न धादिङको धुनिबेँसीबाट पक्राउ गरेको हो ।

अभियुक्तले खानेपानी शाखा कार्यालयका सेवाग्राहीसँग घुसबापतको रकम उठाएर काठमाडौं आएको सूचनाका आधारमा आयोगको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले उनलाई उनलाई पक्राउ गरेको आयोगले जनाएको छ। 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट