३ सय ६९ जना प्रहरी कोरोना संक्रमित-Sutra News

३ सय ६९ जना प्रहरी कोरोना संक्रमित

सोमबार, २६ साउन २०७७

सोमबार, २६ साउन २०७७

काठमाडौं–देशको सुरक्षाको प्रमुख दायित्व बोकेका नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या ३६९ पुगेको छ। हाल देशभर ३६९ प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ।



कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतले ३६९ संक्रमितमध्ये १४९ प्रहरी निको भएर घर फर्किसकेको र २२० कर्मचारीको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी दिए।

कोरोनाको सक्रिय संक्रमितमध्ये प्रहरी प्रधान कार्यालयका ११६, काठमाडौं उपत्यकाका १४,प्रदेश नं १ का २१, प्रदेश नं २ का ३६,वाग्मती प्रदेशका दुई, गण्डकी प्रदेशका १९, प्रदेश नं ५ का ११ र सुदूरपश्चिम प्रदेशका एकजना छन् । कर्णाली प्रदेशका भने सबै प्रहरी निको भएर घर फर्किसकेका छन्।

आइतबारसम्म नेपालभर कोरोना संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ भने १६ हजार ३५३ संक्रमित निको भएर घर फर्किसकेका छन्। यस्तै नेपालभर आइतबारसम्म कोरोना संक्रमणबाट ७५ जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट