काठमाडौं– कोरोना भाइरसलाई बेवास्ता गर्दै कर्मचारी सञ्चयकोष ठमेलमा सञ्चयकर्ताको भीड बढेको छ। गत असार १ गतेदेखि सेवा आरम्भ भएपछि सञ्चयकर्ताको भीड बढेको हो। कोषका प्रशासक तुलसीप्रसाद गौतमले सञ्चयकर्ता सापटीको काम नयाँ सफ्टवेयरमार्फत् अनलाइनबाट गरिएकाले सञ्चयकर्ता नगन्यरुपमा कोषमा उपस्थित हुने गरेको बताए।
कोषको कार्यालयमा दैनिक १ हजारको हाराहारीमा सञ्चयकर्ता विभिन्न कामको लागि आउने गरेका छन्। कोषका ट्रेड युनियन र सरोकारवालाले पटक–पटक भिड ब्यवस्थापनका लागि सुझाव दिए पनि त्यसको कार्यान्वयन हुन सकेको छैन।
कोभिड १९ को जोखिमबाट सुरक्षित रहन ब्यवस्थापन र क्रियाशील ट्रेड युनियनका पदाधिकारीसहितले सेवाप्रवाह मापदण्ड तयार गरेको भन्ने सुन्नमा आएको भए पनि त्यो लागू हुन नसक्दा कोषका कर्मचारीले जोखिम मोलेर भए सेवाप्रवाह गर्दै आइरहेका छन्।