काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई न्याय क्षेत्रका विकृति नियन्त्रण गर्न नेपाल बार एसोसियसनले ध्यानाकर्षण गराएको छ।
कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बारले आइतबार १९ बुँदे ध्यानाकर्षण बुझाएको हो। ध्यानाकर्षण पत्रमा न्याय क्षेत्रमा रहेका विकृति नियन्त्रण गर्न बारको समेत प्रतिनिधि रहेको एउटा विशेष संयन्त्रण बनाउन प्रस्ताव गरेको छ।
त्यस्तै अदालतमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको प्रवेश र प्रवेशलाई तत्कालन नियन्त्रण गर्न पनि ध्यानाकर्ष गराइएको छ।