दमक- कोरोना सङ्क्रमित उपचारका लागि आएको पुष्टि भएपछि झापाको दमक–८ स्थित दमक हस्पिटल एण्ड रिसर्च सेन्टर निगरानीमा राखिएको छ।
कोरोना भाइरस सङ्क्रमित एक जना सशस्त्र प्रहरी हस्पिटलमा जाँच गराउन गएको खुलेपछि हस्पिटल बन्द गरिएको हो। ती प्रहरी कोरोना परीक्षणको रिपोर्ट नआउँदै आइतबार दिउँसो हस्पिटलमा स्वास्थ्य जाँच गराउन आएको खुलेको अस्पताल स्रोतले जनाएको छ। ती प्रहरीको दिउँसो मात्र पोजेटिभ रिपोर्ट आएको थियो।
गत बुधबार उहाँसहित दमकबाट पठाइएका १०७ जनामध्ये आइतबार ४७ जनाको रिपोर्ट आएको थियो। यसमा उनको मात्र रिपोर्ट पोजेटिभ आएको हो।
साथीसँगै हस्पिटलमा ज्वरोसहित रूघाखोकी लागेको भन्दै स्वास्थ्य परीक्षण गर्न आएका खुलेपछि सावधानीस्वरुप हस्पिटल बन्द गरिएको हस्पिटलका कार्यकारी निर्देशक तेजराज घिमिरेले बताए।