काठमाडौं- सरकारले अन्तर जिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाई उडान भदौ १६ गतेदेखि खोल्ने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो। यसअघि सरकारले भदौ १ गतेदेखि अन्तर जिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाई उडान गर्ने निर्णय गरेको थियो।
काठमाडौं उपत्ययकालगायत देशभरि कोरोना संक्रमितहरु बढ्न थालेपछि कोभिड-१९ उच्चस्तरीय समितिले भदौ १५ गतेसम्म अन्तर जिल्ला यातायात र हवाई उडान नखोल्न सरकारलाई सिफारिस गरेको थियो।