आउनैपर्ने नेपाली नागरिकले १० वटा नाका प्रयोग गर्न सकिने-Sutra News

आउनैपर्ने नेपाली नागरिकले १० वटा नाका प्रयोग गर्न सकिने

मंगलबार, २७ साउन २०७७

मंगलबार, २७ साउन २०७७

काठमाडौं- सरकारले कोरोना संक्रमणको जोखिमलाई ध्यान दिँदै अन्तर्राष्ट्रिय सीमा नाकाबाट यात्रुको आगमनमा लगाएको रोकलाई ३१ भदौसम्म निरन्तरता दिने निर्णय गरेको छ।



सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघिको निर्णयलाई कामय राख्दै प्रवेश निषेधको समय लम्ब्याएको सरकारका प्रवक्ता युवराज खतिवडालेल मंगलबार आयोजना गरको पत्रकार सम्मेलनमा जानकारी दिए।

यद्यपि विशेष गरी स्थलमार्गबाट नेपाल आउनैपर्ने नेपाली नागरिकलाई विभिन्न १० नाकाबाट नेपाल प्रवेश गर्न दिने निर्णय गरेको हो। नेपाल प्रवेश पाउने १० अन्तर्राष्ट्रिय नाकाहरुमा काँकडभिट्टा (झापा), रानी (मोरङ), मादर (सिरहा), गौर (रौतहट), वीरगञ्ज (पर्सा), बेलहिया(रुपन्देही), कृष्णनगर (कपिलवस्तु), जमुनाहा (बाँके), गौरीफन्टा (कैलाली) र गड्डाचौकी (कञ्चनपुर) रहेका छन्।

यात्रु आगमनलाई निषेध गरेपनि मालसमानको ढुवानीलाई भने यथावत सुचारु हुन दिने निर्णय सरकारले गरेको हो।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट