कोरोना संक्रमितबाट जन्मिएको शिशुको मृत्यु-Sutra News

कोरोना संक्रमितबाट जन्मिएको शिशुको मृत्यु

मंगलबार, २७ साउन २०७७

मंगलबार, २७ साउन २०७७

बाँके-नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा यही साउन २४ गते कोरोना संक्रमित आमाले जन्माएको शिशुको मृत्यु भएको छ।



नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा शिशुको सोमबार बिहान १ः२० बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालका सहायक निर्देशक नितेशकुमार कनोडियाले प्रेस विज्ञप्तिमार्फत् जानकारी दिएको छ।

भेरी अस्पतालमा भर्ना भएका रुकुम चौरजहारीकी २८ वर्षीया आशा चौधरीमा कोरोना पुष्टि भएपछि थप उपचारका लागि मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर रिफर गरिएको थियो। सो महिलाले सोही दिन राति ९ः३५ बजे शल्यक्रियापछि दुई किलो ७०० ग्राम तौलको शिशु (छोरा) जन्म दिएका थिए।

मेडिकल कलेजमा कोरोना संक्रमितबाट जन्मिएका शिशुको मृत्यु भएको र आमाबुबाआइसोलेसनमा रहेको सहायक निर्देशक कनोडियाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट