चितवन–कोरोना संक्रमणको समयमा सुरक्षा सतर्कता नअपनाई हिँड्ने र यात्रा गर्नेलाई चितवन प्रशासनले कडाइ गरेको छ।कोरोना भाइरस संक्रमणको जोखिम बढी रहेको भन्दै प्रशासनले सुरक्षा सतर्कता नअपनाउने दुई हजार २०० जनालाई कारबाही गरेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले यही साउन १७ गतेदेखि सोमबारसम्म उनीहरुलाई नियन्त्रणमा लिई कारबाही गरिएको जानकारी दिए।
मास्क नलगाइ हिँड्ने तथा सवारी साधनमा यात्रा गर्नेलाई रु १०० देखि ५०० सम्म जरिवाना गरिएको उनले जानकारी दिए। मास्क नलगाई हिँड्ने व्यक्तिको हकमा रु १०० तथा विना मास्क सवारी चलाउने चालकलाई रु ५०० जरिवाना गरिएको छ।
व्यक्तिको हकमा संक्रमण रोग नियन्त्रण ऐन, २०२० अनुसार रु १०० जरिवाना गरिएको उनले बताए । सोही अनुसार उनीहरुबाट रु दुई लाख ३६ हजार राजश्व संकलन भएको उनको भनाइ छ।जिल्ला प्रशासन कार्यालय चितवनले गरेको निर्णयानुसार नै जरिवाना गरिएको हो।