

काठमाडौं–जापानको राजधानी टोकियोमा आयोजना हुने ओलम्पिकको तयारीका लागि जारी कराँते खेलाडीहरुको प्रशिक्षण स्थगित गरिएको छ। कोरोना भाइरसको महामारीका कारण कराँते खेलाडीको प्रशिक्षण मंगलबारदेखि स्थगित गरिएको हो।
कराँते मुख्य प्रशिक्षक दीपक श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै प्रशिक्षण एक साताका लागि बन्द गरिएको जानकारी गराए। खेल क्षेत्रका विभिन्न व्यक्ति कोरोना संक्रमित भएको खबर प्राप्त भएकाले नेपाल सरकारको निर्देशनको पालना गर्दै कराँते प्रशिक्षण हाललाई बन्द गरिएको विज्ञप्तिमा उल्लेख छ।
कराँते खेलाडीले ओलम्पिकको तयारीका लागि सातदोबाटो कराँते एकेडेमीमा अभ्यास गर्दै आएका थिए। सन् २०२१ को जुलाई २३ तारिखदेखि अगस्ट ८ सम्म टोकियोमा हुने ओलम्पिकका लागि कराँते टोलीले असारदेखि अभ्यास गर्दै आएको थियो।