‘राजनीतिमा सुशील कोइरालाको त्याग र समर्पण अनुकरणीय’-Sutra News

‘राजनीतिमा सुशील कोइरालाको त्याग र समर्पण अनुकरणीय’

बुधबार, २८ साउन २०७७

बुधबार, २८ साउन २०७७

कास्की–नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको जन्मजयन्तीका अवसरमा आज पोखरामा आयोजित कार्यक्रममा कोइरालाले राजनीतिमा पुर्याएको योगदानको स्मरण गरिएको छ।



नेपाल प्रेस युनयन कास्कीको संयोजनमा जिपी कोइराला फाउन्डेशन क्षेत्र नं २ द्वारा सञ्चारकर्मीका लागि गरिएको ज्याकेट वितरण कार्यक्रममा वक्ताहरूले राष्ट्र,राष्ट्रियता एवम् सार्वभौमिकताका पक्षमा कोइरालाले गरेको योगदान चिरकालसम्म जीवन्त रहने बताए।

कार्यक्रममा संविधानसभा सदस्य एवम् जिपी कोइराला फाउन्डेशन गण्डकी प्रदेशका संयोजक शारदा पौडेलले सुशील कोइलाले नेपाली राजनीतिमा देखाउनुभएको त्याग तथा समर्पण सबैका लागि अनुकरणीय भएको बताइन्।

समाजमा सूचनाको संवाहक सञ्चारकर्मीको पेशागत हक हितका स्थापनाका लागि फाउन्डेशन सँधै तयार रहेको बताउँदै उनले समाचार संकलनमा निस्कँदा सहज होस् भन्ने उद्देश्यले यसअघि पनि फाउन्डेशनका तर्फबाट स्वास्थ्य सामाग्रीसहित ज्याकेट वितरण गरिएको बताइन्।

कार्यक्रममा जिपी कोइराला फाउन्डेशन क्षेत्र नं २ का अध्यक्ष वसन्त चालिसेले समाजमा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताए। नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष एवम् नेपाली कांग्रेस कास्कीका प्रवक्ता नविन सिग्देल,नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष विमला भण्डारी,विजयराज आचार्यलगायतले स्व कोइरालाको योगदानबारे चर्चा गरे।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट