धनुषा- जनकपुरका पूर्वमेयर कृष्ण गिरीको मंगलबार राति मृत्यु भएको छ। किड्नीमा समस्या देखिएपछि उपचारका लागि साउन ५ गते हवाइजहाज चार्टर गरेर काठमाडौं पुगेका उनलाई कोरोना संक्रमण भएको त्यहीँ पुष्टि भएको थियो।
उपचारको क्रममा भैंसेपाटीस्थित मेडिसिटीमा भर्ना भएका उनको सोही अस्पतालमा मृत्यु भएको परिवारजनले जनाएको छ। मृत्युपछि अन्त्येष्टिको लागि उनको शव नेपाली सेनाले जिम्मा लिएको थियो।