पर्साका सीडीओ र सहायक सीडीओको सरूवा-Sutra News

पर्साका सीडीओ र सहायक सीडीओको सरूवा

बुधबार, २८ साउन २०७७

बुधबार, २८ साउन २०७७

काठमाडौं- कोरोना महामारी नियन्त्रणमा चुकेको भन्दै पर्साका सीडीओ विष्णुकुमार कार्की र सहायक सीडीओ ललितकुमार बस्नेतलाई गृह मन्त्रालयले सरूवा गरेको छ।



कार्कीलाई गृह मन्त्रालय र बस्नेतलाई ललितपुर जिल्ला प्रशासन कार्यालयमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार पर्साका नयाँ प्रजिअमा अस्मान तामाङलाई पठाइएको छ। उनी हाल धादिङको प्रमुख जिल्ला अधिकारी थिए। सहायक प्रमुख जिल्ला अधिकारीमा भने मुस्ताङका वेद अर्याललाई पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट