

काठमाडौं- नेपालमा थप ४ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा गरिएको १० हजार ४ सय ८१ पिसिआर परीक्षणबाट नयाँ संक्रमितको संख्या ७ हजार ३ सय १३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २४ हजार ४३२ जना पुगेको छ। मन्त्रालयका अनुसार आज ६४ जना संक्रमित कोरोनामुक्त भई घर फर्किएका छन् भने क्वारेन्टीनमा रहनेको संख्या १४ हजार ८ सय ४६ रहेको छ।
त्यस्तै काठमाडौं उपत्यकामा थप १३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार काठमाडौंमा १०९, ललितपुरमा २१ र भक्तपुरमा ८ जना संक्रमित थपिएका हुन्।