राप्रपा बैठक : सुझाव प्रतिवेदन पेस गर्न समिति गठन-Sutra News

राप्रपा बैठक : सुझाव प्रतिवेदन पेस गर्न समिति गठन

बुधबार, २८ साउन २०७७

बुधबार, २८ साउन २०७७

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टी एकीकरणसम्बन्धी आधारपत्रमा उल्लेख गरिएका विषयको कार्यान्वयन गर्न समिति गठन गरेको छ।



आज बसेको पार्टीका अध्यक्षत्रयको बैठकले पार्टी एकीकरणसम्बन्धी आधारपत्रमा उल्लेखित विषयहरुको कार्यान्वयन र थप व्याख्याका लागि सुझाव प्रतिवेदन पेस गर्न ६ सदस्यीय सुझाव समिति गठन गरिएको विज्ञप्तिमा उल्लेख छ।

सुझाव प्रतिवेदन पेश गर्न सात दिनको समय दिइएको सो समितिमा दीपक बोहोरा, बुद्धिमान तामाङ्ग, राजेन्द्र लिङ्देन, विक्रम पाण्डे, धुव्रबहादुर प्रधान र श्यामप्रसाद तिमिल्सिना रहेका छन्। २०७६ साल फागुन २४ गते एकताको १० बुँदे आधारपत्रमा तीन अध्यक्षले हस्ताक्षर गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट