कोराना संक्रमित बढेपछि बुटवलमा लकडाउन-Sutra News

कोराना संक्रमित बढेपछि बुटवलमा लकडाउन

बुधबार, २८ साउन २०७७

बुधबार, २८ साउन २०७७

 



रुपन्देही– कोरोना संक्रमण समुदायस्तरमा फैलिदै गएपछि बुटवल उपमहानगरपालिकाले बुटवल बन्द गर्ने निर्णय गरेको छ।

प्रदेश ५ आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीको विशेष उपस्थितिमा बुधबार उपमानगरको कोभिड-१९ संकट व्यवस्थापन समितिको बैठकले बिहीबार रातिदेखि आगामी भदौ ५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो।

उपमहानगरका मेयर शिवराज सुवेदीको अध्यक्षता तथा विभिन्न सुरक्षा निकाय, राजनीतिक दल तथा प्रतिनीधिहरुको बैठकले बुटवलदेखि बाहिर जाने तथा बुटवल भित्रिनेहरुका लागि २४ घण्टाको समय दिएर लकडाउन गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले बताए।

लकडाउन अवधिमा अत्यावश्यकीय सेवाका स्वाथ्य क्षेत्र, खाद्यान्न, दुग्ध तथा तरकारी सञ्चालनमा आउन दिइने भएको छ।

बुटवल हुँदै चल्ने लामो दूरीका सवारीका साधानलाई बुटवलमा यात्रु ओराल्न नपाउने गरी सञ्चालन गर्न दिइने, सामान ढुवानीका साधनहरुलाई विशेष सुरक्षा अपनाएर लोड अनलोड गर्न दिइने, उद्योगमा कार्यरत कर्मचारी तथा कामदारहरुलाई बाहिर निस्कन नपाउने गरी स्वास्थ्य सुरक्षा अपनाई उद्योग सञ्चालन गर्न दिइने भएको छ।

यसैगरी लकडाउन अवधिमा उपमहानगर तथा सबै वडाबाट हुने अत्यावश्यकीय बाहेकका सबै सार्वजनिक सेवा बन्द गरिने भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट