पीएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा,नेयमार र एम्बाप्पेको उत्कृष्ट प्रदर्शन-Sutra News

पीएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा,नेयमार र एम्बाप्पेको उत्कृष्ट प्रदर्शन

बिहिबार, २९ साउन २०७७

एजेन्सी– पेरिस सेन्ट जर्मन (पीएसजी) च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको खेलमा ब्राजिलियन स्टार नेयमार र फ्रेन्च स्टार एम्बाप्पेको उत्कृष्ट प्रदर्शनमा सेमीफाइलन प्रवेश गरेको हो।

पीएसजीले ईटालियन क्लब एटलान्टालाई २–१ गोलले पराजित गरेको हो। पहिलो हाफको २६औँ मिनेटमा मारियो पासलिसले ईटालियन क्लब एटलान्टालाई अग्रता दिलाए पनि त्यसलाई कायम सकेन।

दोस्रो हाफमा केलियन एम्बाप्पे मैदान प्रवेश गरेपछि पीएसजीको अग्रपंतीम सुधार आयो। एम्बाप्पे र नेयमारकको जोडीले दोस्रो हाफभर एटलान्टालाई दबाब राख्यो।

खेलको ९०औँ मिनेटमा नेयमारको उत्कृष्ट पासमा मार्किन्होसले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। ईन्जुरी समयमा केलियन एम्बाप्पेको पासलाई सदुपयोग गर्दै चोपो मोटिङले पीएसजीलाई जित दिलाएका हुन्। 

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
सम्बन्धित समाचार

ताजा अपडेट