एजेन्सी–भारतीय राष्ट्रिय कांग्रेसका प्रवक्ता राजीव त्यागीको बुधबार हृदयघातका कारण निधन भएको छ। भारतीय राष्ट्रिय कांग्रेसले ट्वीट गर्दै उनको मृत्य भएको जानकारी दिएको हो।
कांग्रेसका महासचिव प्रियंका गान्धीले राजीवको असामयिक निधनले पार्टीलाई अपुरणीय क्षति भएको बताएकी छन्।
बीबीसी हिन्दीका अनुसार गाजियावादमा निधन हुनु २ घण्टाअघि उनी आज तकको लाइभ अन्तरर्वार्तामा सहभागी थिए।राहुल गान्धी पार्टी अध्यक्ष हुँदा सन् २०१८ डिसेम्बर ३१ मा १० नयाँ प्रवक्ता नियुक्त गर्दा राजीव त्यागी पनि प्रवक्ता भएका थिए।