लामो संवादहीनता तोड्दै बालुवाटारमा ओली–प्रचण्डको छलफल-Sutra News

लामो संवादहीनता तोड्दै बालुवाटारमा ओली–प्रचण्डको छलफल

बिहिबार, २९ साउन २०७७

बिहिबार, २९ साउन २०७७

काठमाडौं– लामो संवादहिनतालाई तोड्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय पार्टीमा देखिएको विवादलाई टुंगोमा पुर्याउन पुनः संवादमा जुटेका छन्।



प्रधानमन्त्री एबम् नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार बिहान बालुवाटार गएका छन् ।

बालुवाटार स्रोतका अनुसार दुई नेताबीच पार्टीमा देखिएको पछिल्लो विवाद र यसको समाधानबारे कुराकानी भइरहेको छ।

दुइ नेताबीच ९ दिनपछि संवाद भएको छ। २० साउनमा प्रचण्ड र नेता झलनाथ खनाल ओलीलाई भेट्न बालुवाटार पुगेका थिए ।

उक्त भेटमा लागनी बोर्डमा प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्तिबारे आपत्ति जनाएका थिए।

बैठकमा प्रचण्ड र नेता खनालले स्थायी कमिटी तुरुन्तै राख्नुपर्ने माग गरेका थिए। ओलीले भने सचिवालय बैठकबाटै विषय टुंग्याउँ भन्ने प्रस्तावमा जोड दिएका थिए।

ओलीले भने जारी स्थायी कमिटी बैठकलाई पहिले टुंग्याउनुपर्ने अडान राखेका थिए। त्यसपछि बैठक त्यसै टुंगिएको थियो।

गत १० असारमा सुरु भएको नेकपा स्थायी कमिटी बैठक नेताहरुबीच कुनै सहमति नहुँदा कुनै निष्कर्ष पुग्न सकेको छैन् ।

१३ साउनमा रोकिएको नेकपा स्थायी कमिटी बैठक अहिलेसम्म बस्न सकेको छैन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट