ओली-प्रचण्डबीच साढे तीन घण्टा वार्ता, विवाद ‘समाधानउन्मुख’-Sutra News

ओली-प्रचण्डबीच साढे तीन घण्टा वार्ता, विवाद ‘समाधानउन्मुख’

बिहिबार, २९ साउन २०७७

बिहिबार, २९ साउन २०७७

काठमाडौं- नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको साढे तीन घण्टा लामो वार्तासँगै पार्टीभित्रको विवाद समाधानतर्फ उन्मुख रहेको दाबी स्रोतहरुले गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा ओली र प्रचण्डबीच विहान ११ बजेदेखि पौने दुई बजेसम्म वार्ता भएको थियो । 



प्रधानमन्त्रीसमेत रहेका ओलीसँग वार्ताका लागि जानुअघि प्रचण्ड बरिष्ठ नेता माधव नेपालसँग खुमलटारस्थित निवासमा छलफल गरेका थिए । नेपालसँगको छलफलपछि बालुवाटार पुगेका प्रचण्डको ओलीसँग तीन घण्टाभन्दा बढी लामो समय वार्ता भएको थियो ।

झण्डै फुटको संघारमा पुगिसकेको नेकपाका अध्यक्षद्वयबीचको वार्ता सकरात्मक रहेको दुबै अध्यक्षको सचिवालयले पनि उल्लेख गरेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सूत्रन्युजसँग कुराकानी गर्दै बैठक सकिएको र दुबै अध्यक्षले सकरात्मक–नकरात्मक केही पनि
नभनेको उल्लेख गरे ।

तर, प्रचण्डको सचिवालयले भने आजको बैठक सकरात्मक रहेको उल्लेख गरेको छ । ‘बैठक समस्या समाधान हुनेतिर उन्मुख छ भनेर अध्यक्ष प्रचण्डले भन्नुभएको छ,’ प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले भने, ‘अध्यक्ष प्रचण्ड आशावादी देखिनुभएको छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट