

काठमाडौं- नेपालमा थप ५ सय २५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित हुनेहरुको संख्या २४ हजार ९ सय ५७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा भने १ सय ९ जना संक्रमित कोरोनामुक्त भएका छन्। हालसम्म १६ हजार ८३७ जना कोरोनामुक्त भइसकेका छन्।
त्यस्तै काठमाडौं उपत्यकामा थप १२७ जनामा कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा १११, ललितपुरमा ११ र भक्तपुरका ५ जना संक्रमित भएका हुन्।
त्यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९५ पुगेको छ।