बालुवाटार बैठकलगत्तै प्रचण्डलगायतका नेताहरु प्रदेश ५ का केन्द्रीय सदस्यहरुसँग छलफल गर्दै-Sutra News

बालुवाटार बैठकलगत्तै प्रचण्डलगायतका नेताहरु प्रदेश ५ का केन्द्रीय सदस्यहरुसँग छलफल गर्दै

बिहिबार, २९ साउन २०७७

बिहिबार, २९ साउन २०७७

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा छलफल सकेर कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अर्को बैठकमा सहभागी भएका छन्।



बिहीबार ओलीसँग करिब साढे तीन घण्टा छलफल गरेका प्रचण्ड पार्टी नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ थापागाउँस्थित एक पार्टी प्यालेसमा प्रदेश ५ का केन्द्रीय सदस्यहरुमाझ ‘ब्रिफिङ’ गर्न पुगेका हुन्।

प्रचण्डले पार्टीमा भइरहेको पछिल्लो गतिविधिबारे जानकारी गराइरहेको स्रोतले बतायो। नेकपाका केन्द्रीय सदस्य एवं सांसद मेटमणि चौधरीले ब्रिफिङ अहिले पनि जारी रहेको सूत्रन्युजलाई जानकारी दिए।

प्रचण्डलगायतका नेताहरुले यसअघि बुधबार गण्डकी प्रदेशका केन्द्रीय सदस्यहरुलाई पार्टीभित्रको पछिल्लो विवादबारे प्रशिक्षणात्मक ‘ब्रिफिङ’ गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट