कोरोनाविरुद्धको रुसी औषधि अक्टोबरदेखि फिलिपिन्समा परीक्षण गरिने-Sutra News

कोरोनाविरुद्धको रुसी औषधि अक्टोबरदेखि फिलिपिन्समा परीक्षण गरिने

बिहिबार, २९ साउन २०७७

बिहिबार, २९ साउन २०७७

मोस्को- कोरोना भाइरसविरुद्ध रुसले बनाएको औषधिको तेस्रो चरणको परीक्षण फिलिपिन्समा गरिने भएको छ।



चिकित्सकीय परीक्षण यही अक्टोबरदेखि मार्चसम्ममा आफ्नो देशमा गर्ने तयारी भएको फिलिपिन्सको राष्ट्रपतिका प्रवक्ता ह्यारी रोकीले बिहीबार जानकारी दिए।

परीक्षणका लागि रुसले सहयोग गर्ने पनि उनले बताए। फिलिपिन्सका हजारौं बिरामीलाई रुसले बनाएको औषधि प्रयोग गरिने भएको छ। तेस्रो चरणको परीक्षण फिलिपिन्ससँगै रुसमा पनि गरिने जनाइएको छ।

बहुचर्चित रुसी औषधि यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नै छोरीमा समेत परीक्षण गराएका थिए। रुसले बनाएको भनिएको औषधिले अहिले विश्वभरी नै चर्चा पाएको छ भने केही देशहरुले औषधि किन्ने मागपत्र समेत पेस गरिसकेको जनाइएको छ। 

– एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट