इजरायल र युएईबीच ऐतिहासिक सम्झौता-Sutra News

इजरायल र युएईबीच ऐतिहासिक सम्झौता

शुक्रबार, ३० साउन २०७७

शुक्रबार, ३० साउन २०७७

एजेन्सी–इजरायल र संयुक्त अरब इमिरेट्स (युएई)बीच ऐतिहासिक सम्झौता भएको छ। बीबीसीका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त सम्झौताको घोषणा गरेका हुन्।



अमेरिकी राष्ट्रपति ट्रम्प, इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहू तथा युएईका राजकुमार मोहम्मद अल नाहयानले संयुक्त वक्तव्यमा भनेका छन् ‘यो ऐतिहासिक सफलताबाट मध्यपूर्वमा शान्ति बढ्नेछ।’

अहिलेसम्म खाडी राष्ट्रहरुसँग इजरायलको कुनै राजनीतिक सम्बन्ध थिएन। यो सम्झौतापछि इजरायलले वेस्ट बैंकमा मिलाउन लागेको एउटा ठूलो हिस्सेदारी स्थगित गरेको छ।

यो क्षेत्रमा इरानलाई लिएर इजरायल तथा अरब देशहरुको चिन्ताको विषय भने एउटै थियो। जसका बारेमा उनीहरुबीच अनौपचारिक छलफल भने हुने गरेको थियो।

त्यस्तै खाडी देशबाट अलग भएका जोर्डन र मिश्रसँग भने इजरायलको कुटनीतिक सम्बन्ध कायमै छ।सम्झौतापछि ट्रम्पले हिब्रु भाषामा ट्वीट गर्दै इजरायली प्रधानमन्त्री बिन्यामिन नेतन्याहूलाई ‘ऐतिहासिक दिन’ भनेका छन् ।

युएईमा रहेका अमेरिकी राजदूत युसुफ अल ओतैबाले भनेका छन् ‘यो कुटनीतिक र यो क्षेत्रका लागि एउटा ऐतिहासिक जित हो।’१९४८मा इजरायल स्वतन्त्र भएपछि यो अरब देशहरु र इजरायलबीच भएको यो तेस्रो सम्झौता हो। योभन्दा पहिला मिश्रसँग १९७९ र जोर्डनसँग १९९४मा सम्झौतामा हस्ताक्षर भएको थियो।

आगामी हप्ता इजरायल र युएईबीच एकआपसमा लगानी, पर्यटन, सिधा उडान, सुरक्षा, दूरसन्चार, उर्जा, स्वास्थ्य, संस्कृति, पर्यावरण तथा दुतावास स्थापनाका लागि पनि सम्झौता हुने बताइएको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट