काठमाडौं–सुनको मूल्य पुनः वृद्धि भएको छ। बिहीबार ९७ हजार आठ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार पनि बढेको छ। आज सुन प्रतितोला ९८ हजार ६ सयमा कारोबार भइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज स्थानीय बजारमा तेजाबी सुनको मूल्य पनि प्रतितोला ८ सय रुपैयाँले नै बढेर ९८ हजार १०० रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदी प्रतितोला एक हजार ३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।