काठमाडौं–अविरल वर्षाको कारण सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदिमा आज बिहानको ६ बजे भीषण पहिरो गएको छ। लिदी गाउँका १३ घर पुरिएका छन्। उद्धारका लागि सभामुख अग्नि सापकोटाको नेतृत्वमा सेना र प्रहरी हेलिकप्टरसहित सिन्धुपाल्चोक पुुगेका छन्। चार जना घाइतेलाई काठमाडौं पठाइएको र अन्यलाई उपचारका लागि चौतरा पठाइएको सभामुख सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले बताए। उनका अनुसार पहिरोमा ३६ जना पुरिएका छन्।
घटनास्थलबाट सभामुख सचिवालयले पठाएका तस्बिरहरू हेर्नुहोस्