नेकपा विवाद समाधानका लागि विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन-Sutra News

नेकपा विवाद समाधानका लागि विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन

शुक्रबार, ३० साउन २०७७

शुक्रबार, ३० साउन २०७७

काठमाडौं–नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विद्यमान आन्तरिक विवादको समाधानका लागि महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको छ।



आज बिहान प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलबाट उक्त कार्यदल बनाइएको हो। 

दुवै अध्यक्षले पार्टीका आन्तरिक समस्याको समाधानका लागि यथाशक्य छिटो गृहकार्य गरी सुझाव प्रस्तुत गर्न नवगठित कार्यदललाई निर्देशन पनि दिएका छन्।

महासचिव पौडेलका अनुसार सो कार्यदलका अन्य सदस्यमा नेताहरु भीमबहादुर रावल, शङ्कर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्रप्रसाद पाण्डे छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट