पहिरो पीडितलाई क्षतिपूर्ति देऊ : सभापति देउवा-Sutra News

पहिरो पीडितलाई क्षतिपूर्ति देऊ : सभापति देउवा

शुक्रबार, ३० साउन २०७७

शुक्रबार, ३० साउन २०७७

काठमाडौं–कांग्रेस सभापति शेरबहादुर देउवाले पहिरोका कारण घरवास गुमाएकाहरूलाई तत्काल सुरक्षित क्षेत्रमा स्थानान्तर र क्षतिपूर्ति दिन सरकारसँग माग गरेका छन्।



शुक्रबार सिन्धुपाल्चोक,कालीकोट र मकवानपुरमा गएको पहिरोबाट मानवीय तथा भौतिक क्षति भएको छ। सभापति देउवाले ट्वीटरमा लेख्दै घरवास गुमाएकाहरूलाई स्थानान्तर र क्षतिपूर्ति दिन माग गरेका हुन्।

‘पहिरोका कारण घरवास गुमाएकाहरूलाई तत्काल सुरक्षित क्षेत्रमा स्थानान्त्रण गरेर उचित बासको प्रबन्ध गर्न र आवस्यक क्षतिपूर्ति दिलाउन पनि म सरकारसँग माग गर्दछु,’ देउवाले ट्वीटरमा लेखेका छन्।

देउवाले पहिरोमा परेर ज्यान गुमाएकाहरूप्रति श्रदाञ्जलि तथा परिवारजनमा समवेदना व्यक्त पनि गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट