काठमाडौं- वीरगञ्जमा थप एक जनाकाे कोरोना सक्रमणबाट मृत्यु भएको छ ।
मृत्यु हुनेमा वीरगञ्ज वडा न १२ का ६० वर्षीय पुरुष रहेका छन् । उच्च रक्तचाप र मधुमेहका बिरामी उनी श्वास प्श्वासमा समस्या भएपछि साउन २४ गते अस्पताल भर्ना भएका थिए ।
उनको शुक्रबार राति मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपिरटेन्डेन्ट मदन उपाध्यायले जानकारी दिए ।
यससँगै काेराेनाबाट मृत्यु हुनेको सख्या सय पुगेको छ ।