बुटवलको कोरोना अस्पतालमा ४२ वर्षीय संक्रमितको मृत्यु-Sutra News

बुटवलको कोरोना अस्पतालमा ४२ वर्षीय संक्रमितको मृत्यु

शनिबार, ३१ साउन २०७७

शनिबार, ३१ साउन २०७७

बुटवल- लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको कोरोना अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। कपिलवस्तुका ४२ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ।



ती संक्रमित तीन दिनदेखि अस्पतालमा उपचार गराइरहेका थिए। उनको फोक्सोमा समस्या देखिएको र आइसीयुमा राखेर उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए। ४२ वर्षीय ती पुरुषलाई आइसीयुमा भर्ना गरेर उपचार जारी थियो।

बिरामीको सुरुको रिपोर्ट नेगेटिभ आए पनि जिन एक्सपर्ट गरेर परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। उनको पुनः गरिएको पीसीआर परीक्षणमा पनि रिपोर्ट पोजेटिभ आएको छ।

उपचारका लागि आउँदा नै फोक्सोमा संक्रमण देखिएको र अवस्था गम्भीर भएर उपचारकै क्रममा मृत्यु भएको डा गौतमले बताए। यसअघि पनि कपिलवस्तुका एकजनाको उपचारकै क्रममा मृत्यु भएको थियो।

हालसम्म प्रदेश ५ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ जना रहेका छन्। नेपालमा अहिलेसम्म कोरोनाको संक्रमबाट १ सय जनाको मृत्यु भइसेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट