काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोनमा कुराकानी भएको छ। भारतको ७४औं स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री ओलीले टेलिफोनमार्फत् समकक्षी मोदीलाई शुभकामना दिएका हुन्।
प्रधानमन्त्री ओली र मोदीबीच टेलिफोनमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पुष्टि गरेका छन्। दुई समकक्षीबारे भएको कुराकानीको विस्तृत जानकारी परराष्ट्र मन्त्रालयमार्फत् आउने उनले उल्लेख गरेका छन्।
‘प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन संवाद भएको छ। अन्य जानकारी परराष्ट्र मन्त्रालयबाट आउनेछ,’ थापाले ट्वीटरमा लेखेका छन्।
नेपालले लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरेपछि भारतसँगको सम्बन्धमा दूरी बढेको छ।