आँसु किन बग्न थाल्यो, आज भोलि आमा यहाँ
दैव नै पो लागेको कि त मान्छे धेरै मरे यहाँ
मान्छेले नै मान्छे बन्न जानेन कि आमा यहाँ
दैव कै यो खेल भए के पो पाप भयो यहाँ
काल आए पनि हुन्थ्यो भन्छन् मान्छे हरे अब
ति राम्रो जुनि भन्थेँ मनै मर्न थाल्यो अब
बिपतिको यो घडीमा के पो भन्नु मैले अब
बाँचुञ्जेल म मेरै हो मरेपछि के को डर?
आँसुले नै नुहाएर आँसु नै पो साथी भयो
रुनु मात्र कति हाँस्ने बेला कहिले आयो?
आत्मा रुन्छ हरे दैव ! विपतिको बेला अब
जुटौँ सहयोगी बनी लागौं सत्मार्गमा सबै।
देश आज रोइरा’छ विश्व आमा बुझिदेऊ
मर्नै पर्छ भने आमा एकै चिहान पारिदेऊ।
– भोजपुर, वास्तिम