भारतमा कोरोना भाइरसबाट ५० हजारभन्दा बढीको मृत्यु-Sutra News

भारतमा कोरोना भाइरसबाट ५० हजारभन्दा बढीको मृत्यु

आइतबार, ३२ साउन २०७७

आइतबार, ३२ साउन २०७७

काठमाडौं–भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ५० हजार पुगेको छ। पछिल्लो २४ घण्टामा ९५० जनाको मृत्यु भएको छ। यो संख्यासँगै भारतमा आइतबारसम्म मृत्यु हुनेहरू ५० हजार ८४ पुगेका छन्।



वर्ल्डोमिटर्सका अनुसार भारतमा एकैदिन ६३ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको हो। पछिल्लो २४ घण्टामा ६३ हजार ९८६ जना संक्रमित भएसँगै आइतबार कोरोना संक्रमितको संख्या २५ लाख ८९ हजार २०८ पुगेको हो।

संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो। संक्रमितमध्ये अहिलेसम्म १८ लाख ६० हजार ६७२ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ७८ हजार ४५२ जनाको उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट