बुटवल उपमहानगरपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द-Sutra News

बुटवल उपमहानगरपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द

आइतबार, ३२ साउन २०७७

आइतबार, ३२ साउन २०७७

रूपन्देही–बुटवल उपमहानगरपालिकामा ३ जना अधिकृत र १ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै उपमहानगरपालिकाले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ।



उपमहानगरका लेखा अधिकृतलाई शनिबार संक्रमण देखिएको थियो। आज आइतबार प्रशासन र सामाजिक विकास शाखा अधिकृतसहित थप १ जना कर्मचारीमा कोरोना पुष्टि भएपछि उपमहानगरकाले सेवा बन्द गर्ने निर्णय गरेको हो।

अर्को निर्णय नभएसम्म नगरप्रवेशमा रोक लगाएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले जानकारी दिए। शर्माका अनुसार उपमहानगरमा बैंक तथा वित्तीय संस्थँमा बढी संक्रमण देखिएकाले आजदेखि नै लागु हुने गरी उक्त संस्थालाई सेवा बन्द गर्न अनुरोध गरिएको छ।

त्यस्ता कार्यालयका सेवा बन्द गराउन जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए।बुटवल उपमहानगरमामात्रै पछिल्लो २ दिनमा ४० जना कोरोना संक्रमित थपिएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट