कार्यदललाई औपचारिकता दिन नेकपा सचिवालय बैठक बोलाइयो-Sutra News

कार्यदललाई औपचारिकता दिन नेकपा सचिवालय बैठक बोलाइयो

आइतबार, ३२ साउन २०७७

आइतबार, ३२ साउन २०७७

काठमाडौं–सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सोमबार बस्ने भएको छ। बैठक भोलि साढे नौ बजे बोलाइएको एक सचिवालय सदस्यले बताए। उनका अनुसार हालै गठन भएको विवाद समाधान सम्बन्धी कार्यदल विवादमा परेपछि त्यसबारे औपचारिक निर्णय सचिवालयबाटै गराउन बैठक बोलाइएको हो। 



३० साउनमा नेकपाको विद्यमान आन्तरिक विवादको समाधानका लागि महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको थियो।अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी कमिटीको बैठक नराखी कार्यदल बनाएको भन्दै वरिष्ठ नेता खनाल, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठले असतुष्टि जनाएका थिए।

प्रचण्डलाई सचिवालय बैठक बोलाउन माग गरेका थिए। नेताहरूको माग मुताबिक नै सचिवालय बैठक बस्न लागेको हो।कार्यदल गठनको निर्णय विधिसम्मत रूपमा गर्नुपर्नेमा दुुई अध्यक्ष मिलेर गरेकाले उनीहरू असन्तुष्ट बनेका हुन्। कार्यदलको गठन अध्यक्षद्वयको सहमतिमा होइन नभइ सचिवालयको बैठकमार्फत् हुनुपर्ने उनीहरूको माग छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट