लुम्बिनीमा कोरोना विशेष अभियान-Sutra News

लुम्बिनीमा कोरोना विशेष अभियान

आइतबार, ३२ साउन २०७७

आइतबार, ३२ साउन २०७७

भैरहवा- लुम्बिनी विकास कोषले महामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरस (कोभिड–१९) सम्बन्धमा लुम्बिनी क्षेत्रका जनतालाई सचेत गराउन अभियान चलाउन थालेको छ।



विकास कोषका निमित्त सदस्य सचिव ज्ञानिन राईका अनुसार कोषले सर्वसाधारणको नाममा जनचेतनामूलक सन्देश जारी गर्दै उक्त सन्देश विकास कोष क्षेत्रको आसपास रहेको गाउँगाउँमा पुर्‍याउने तयारी गरेको हो।

कोरोना भाइरस (कोभिड–१९) का लक्षणहरु के के हुन्? संक्रमित भएको कसरी थाहा पाउने र बच्ने उपाय के हुन्? संक्रमित भइसकेपछि अपनाउनुपर्ने उपाय के हुन भन्ने कुराहरु स्थानीय भाषामा समेत गाउँगाउँमा सन्देश प्रवाह गर्न थालिएको हो।

कोषले यसअघि लुम्बिनी सांस्कृतिक नगरपालिकाको कोभिड–१९ कोषमा १५ लाख आर्थिक सहयोग समेत गरेको थियो। कोभिड–१९ को प्रकोप फैलिएसंगै यति बेला लुम्बिनीको स्थलगत अवलोकनमा रोक लगाइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट