नेपालले बंगलादेशसँगको सम्बन्धलाई उच्च महत्व दिएको छ : राष्ट्रपति-Sutra News

नेपालले बंगलादेशसँगको सम्बन्धलाई उच्च महत्व दिएको छ : राष्ट्रपति

आइतबार, ३२ साउन २०७७

आइतबार, ३२ साउन २०७७

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि जनगणतन्त्र बं‌गलादेशका राजदूत मास्फी बिन्ते शाम्सले राष्ट्रपतिभवन, सितल निवासमा आज शिष्टाचार बिदाइ भेट गरेका छन्। सो अवसरमा राष्ट्रपतिले उनलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकामा बधाई दिँदै भविष्यमा नेपाल र बंगलादेशबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरिन्।



राष्ट्रपति भण्डारीले नेपाल र बंगलादेशलाई प्रकृतिले दिएको स्रोतसाधनलाई दुवै मुलुकको विकास र समृद्धिका लागि सदुपयोग गर्न सहकार्य गर्नुपर्ने बताउँदै एक छिमेकी मित्रराष्ट्रका रूपमा नेपालले बंग‌लादेशसँगको सम्बन्धलाई सधैं उच्चउ महत्वछ दिएको व्यक्त गरिन्।

यही वर्ष बंगलादेशका राष्ट्रपिता बङ्गबन्धुको सयौंँ वार्षिकोत्सव भएकाले सम्पूर्ण बङ्‌गलादेशी जनतालाई उनले बधाई तथा शुभकामना पनि दिएकी छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट