निर्मलालाई न्याय दिलाउन जनताले बिगुल फुकेपनि सरकार मुर्तीजस्तो बन्यो : प्रदीप पौडेल-Sutra News

निर्मलालाई न्याय दिलाउन जनताले बिगुल फुकेपनि सरकार मुर्तीजस्तो बन्यो : प्रदीप पौडेल

आइतबार, ३२ साउन २०७७

आइतबार, ३२ साउन २०७७

काठमाडौं- कांग्रेस नेता प्रदीप पौडेलले निर्मला पन्तको न्यायका लागि जनताले बिगुल फुकिरहे पनि सरकार भने मुर्तीजस्तो बनेको बताएका छन्।



´जस्टिस फर निर्मला पन्त´ अभियान सामाजिक सञ्जालमा चलिरहेका बेला नेता पौडेलले आइतबार ट्वीटमार्फत सो कुरा बताएका हुन्। ‘#Justice_for_Nirmala वर्षौंदेखि जनताले न्यायको एकोहोरो बिगुल फुकिरहेका छन्। मूर्तीजस्तो सरकार हातमा तराजु बोकेर आँखामा पट्टी कसेको छ,’ पौडेलले लेखेका छन्, ‘भ्रष्टहरुलाई फूलका गुच्छा,अबिर लगाउँछ, लम्पसार पर्छ। तर अन्यायविरुद्ध केही गर्दैन।’

नेता पौडेलले नर्क वा स्वर्ग जाने मन्दिर पछि बनाउला भन्दै पहिला बस्नलायक देश बनाउनुपर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट